रावा इनर्जीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२४ असार २०८०, आईतवार १५:०५
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले बढेको छ । गत साता निरासाजनक रहेको शेयर बजार आज २८.३८ अंकले बढेर २०७७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार दोहोरो अंकले बढेसँगै एक कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सिटी होटल, प्रभु बैंकको डिभेन्चर २०८४, सनराइज बैंकको डिभेन्चर २०८३, सिटिजन म्युचुुअल फण्ड लगायतको शेयरमूल्य बढेको छ ।