नेप्से २८ अंकले बढ्यो, सबै उपसूचक हरियाली

२४ असार २०८०, आईतवार १५:१०

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरीयाली छाएको छ। गत वुधवार देखि निरन्तर घटेको नेप्सेमा आज हरएको छ। नेप्सेमा सुधारको संकेत देखिएसँगै सबै उपसूचकहरुमा हरियाली छाएको छ ।

आइतबार नेप्से उपसूचक २८.३८ अंकले बढेर दुई हजार ७७ को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको ८३ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब चार करोड २५ लाख ४३ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा सुधार आउँदा सबै उपसूचकमा हरियाली छाएको छ ।
आज सर्वाधिक होटल तथा पर्यटन उपसूचक ४.६३ प्रतिशतले बढेको छ भने दोस्रोमा ट्रेडिङ उपसूचक ४.०१ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*