नेप्सेमा समीट लघुवित्तको बोनस शेयर सूचीकृत

२४ असार २०८०, आईतवार १५:१९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा समीट लघुवित्त संस्था लिमिटेडको बोनस शेयर सुचीकृत भएको हो ।

आज कम्पनीको १३.५६२७५३ प्रतिशतले हुन आउने ६ लाख ७० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको लागि आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*