नेप्सेमा अरुण काबेली पावरको शेयरमूल्य समायोजन

२४ असार २०८०, आईतवार १६:१९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अरुण काबेली पावरको शेयरमूल्य समायोजन भएको छ ।  नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गर्दै प्रपिकित्ता २१७.७५ रुपैयाँ कायम गरेको छ । आजको कारोबारको अन्तिम मुल्यअनुसार प्रतिकित्ता ३३५.५० रुपैयाँ कायम भएको थियो ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार आजसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको हकप्रद भर्न पाउनेछन् ।

कम्पनीले आफ्नो शेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ। शेयरधनीहरुलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीका ३ अर्ब ७१ करोड रुपैयाँ कायम हुनेछ ।

कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भइ बग्ने काबेली नदीमा २५ मेगावाटको काबेली बि १ जलविद्युत आयोजना निर्माण पुरा गरी २०७६ कार्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*