असारको अन्तिम चटारो, सार्वजनिक विदामा पनि बैंक तथा वित्तीय संस्था खोल्नु पर्ने

२४ असार २०८०, आईतवार १७:५४

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिना असारका अब आउने दिनका सार्वजनिक विदाका दिनमा समेत बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

नेपाल राष्ट्रबैंकले शुक्रबार एक सूचना जारी गर्दै असार ३० गतेको दिन समेत राति ८ बजेसम्म तथा असार ३१ गते९आइतबार० बेलुका ७ बजेसम्म राजश्व कारोबार गर्ने सबै बैंकहरु, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर९इएफटी०को फण्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजश्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनका लागि यो अवधिमा नेपाल क्लियरिङ हाउसको सेवा पनि खुल्लै राख्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*