हिमालयन बैंकद्धारा मृत्यु बीमा सुविधाअन्तर्गत १० लाख रुपैयाँ हस्तान्तरण

२४ असार २०८०, आईतवार १८:३९

काठमाडौं। हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ।

बैंककका खातावाला ईश्वर गुरागाईंको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजकी पत्नी पत्नी विमला गुरागाईंलाई उक्त रकम बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले हस्तान्तरण गरेका हुन्। कार्यक्रममा शाखाका अन्य कर्मचारीको पनि उपस्थिति थियो।

बैंकले उक्त खाता योजनामा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरुको दुर्घटना मृत्यु बीमा खरिद गरेको हो।

यस दुःखद् घडीमा उक्त रकमले मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंकक आशावादी छ।

हाल हिमालयन बंैकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनामा ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ।

हाल बैंकले देशभर रहेका १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएकोे छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*