घोराही सिमेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२५ असार २०८०, सोमबार १०:०४

काठमाडौं । घोराही सिमेन्ट्सले असार २२ देखि खुलाएको आईपीओमा आवेदन दिने आज (असार २५ गते) अन्तिम रहेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।