मिथिला लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्ने भएको छ ।
संस्थाले हाल संस्थामा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत रहेको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने भएको हो।
संस्थाले शेयर संरचना परिवर्तन गर्न संस्थापक समूहको ९ प्रतिशत सेयर सर्वसाधारण समूहको परिणत गर्ने भएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै संस्थापक सेयर सर्वसाधारणमा परिणत इच्छुक नभएका संस्थापक सेयरधनीहरुलाई ७ दिनभित्र धनुषाको ढल्केबरस्थित संस्थाको केन्द्रीय कार्यालय लिखित रुपमा निवेदन दिन सूचित गरेको छ ।
तोकिएको मितिभित्र कुनै पनि संस्थापक सेयरधनीले सेयर परिवर्तन गर्न चाहेको भनी निवेदन नदिएको खण्डमा सेयर परिवर्तन मन्जुर रहेको मानिने पनि संस्थाले जनाएको छ ।