एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउको घरजग्गा बिक्री गर्दै

२५ असार २०८०, सोमबार ११:४६

काठमाडौं । । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका गैर बैंकिङ्ग सम्पत्तिहरु बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै नेपाल भरीमा १३ ठाँउको गैरबैकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको हो ।

बैंकले बुटवल रुपन्देही, नवलपरासी, बर्दाघाट, मोरङ, पोखरा कास्की, लगनखेल ललितपुर, पर्सा विरगन्ज लगायतको सम्पति बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सो सम्पत्ति जुन ठाँउमा जे जस्तो अवस्था र परिणाममा छ सोही अवस्थामा बिक्री गर्ने जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक जो कोहीले बैंकको शर्त अधिनमा रही सूचना प्रकाशित मितिले सात दिनभित्र बैंकको केन्द्रिय कार्यालय कर्जा अशुली विभाग त्रिपुरेश्वर, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*