बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि, लगानी कर्जा घट्यो, शेयर धितो कर्जा र सवारी कर्जामा तिव्र गिरावट

२५ असार २०८०, सोमबार १३:०८

काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले तयार पारेको ११ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ। रिर्पोटका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि हुँदै गर्दा यता कर्जा लगानी घटेको जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड ९८।८ प्रतिशत० ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु। २६६ अर्ब ९५।७ प्रतिशत०ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२।२ प्रतिशतले बढेको छ ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७।९ प्रतिशत, २५।६ प्रतिशत र ५९।८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८।८ प्रतिशत, २७।१ प्रतिशत र ५७।१ प्रतिशत रहेको थियो । २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६।७ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३८।६ प्रतिशत रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ५७ अर्ब ३६ करोड ९३।४ प्रतिशत० ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ५२ अर्ब ७१ करोड ९१३।५ प्रतिशत० ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३।० प्रतिशतले बढेको छ ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२।६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७।४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३।३ प्रतिशत र ३६।७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३।२ प्रतिशतले, विकास बैंकहरुको ६।० प्रतिशतले र वित्त कम्पनीहरूको ०।९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११।६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० सुरक्षणको रूपमा रहेको छ भने ६८।० प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२।३ प्रतिशत र ६६।८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६।६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८।४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७।६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६।७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४।० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३।३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६।७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २३।४ प्रतिशतले, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जा समेत० ५।२ प्रतिशतले र ट्रष्ट रिसिट ९आयात० कर्जा ७।३ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६७।६ प्रतिशतले ९पछिल्लो वर्षको कर्जाको पुन वर्गीकरणको कारणसमेत०, मार्जिन प्रकृतिको कर्जा ७।२ प्रतिशतले र हायर पर्चेज कर्जा १३।० प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*