नेपालमा वित्तीय पहुँचको क्षमता विस्तार, ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार

२५ असार २०८०, सोमबार १३:२३

काठमाडौं । नेपालको वित्तीय पहुँचको क्षमता बृद्धि भैरहेको छ । नेपालमा जेठ मसान्तसम्ममा कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय विवरण अनुसार राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११९ रहेको छ । जसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकोमा समिक्षा अवधिसम्ममा ११ हजार ५८३ पुगेको छ

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*