बैंकिङ्ग क्षेत्रमा कर्जाको समग्र ब्याजदर १२।५३% , बेसरेट अझै १०% माथि

२५ असार २०८०, सोमबार १४:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ ।

केन्द्रिय बैंकले सार्वजनिक गरेको बिबरण अनुसार ट्रेजरी बिल, अन्तर बैंक ब्याजदर, कर्जाको ब्याजदर गत वर्षको तुलनामा घटेको छ । यस अवधिसम्ममा निक्षेप र आधारदरको ब्याजदर चाँही बढेको छ ।

गत वर्षको जेठ महिनामा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ९।९० प्रतिशत रहेकोमा चालु आवको जेठमा ९।०७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ जेठमा ७।०१ प्रतिशत रहेकोमा २०८० जेठमा ६।६८ प्रतिशत रहेको छ ।

मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०८० जेठमा ६।६९ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ७।०० प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधारदर २०७९ जेठमा ९।३९ प्रतिशत रहेकोमा २०८० जेठमा १०।१८ प्रतिशत कायम भएको छ ।

२०८० जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७।९९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२।५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ७।३४ प्रतिशत र ११।५४ प्रतिशत रहेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*