नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति
२५ असार २०८०, सोमबार १५:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृती प्रदान गरेको छ । केन्द्रिय बैंकले संस्थाहरुको मर्जरलाई असार २२ गतेको पत्र मार्फत अन्तिम स्वीकृति प्रदान गरेको हो ।
नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच गत असोज २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति पनि प्रदान गरिसकेको छ ।
प्रारम्भिक सम्झौता अनुसार दुवै लघुवित्त १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् बन्ने लघुवित्तको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त रहने सहमति भएको छ । दुई संस्था मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी एक अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।
national micro+summit