१८ बैंकका सबै एटिएम ह्याक गर्ने ‘भदौं १४’ काण्डका दोषीमाथि कारवाही भएन, नेप्सको सिष्टम ह्याक गर्नेहरु खुलमखुल्ला हिड्दै

२५ असार २०८०, सोमबार १९:५९

काठमाडौं । २०७६ साल भदौं १४ गते हरितालिका तिजको दिन नेप्समा आबद्ध सयौं एटिएमको सिष्टम ह्याक गरी करोडौं रुपैयाँ झिकियो । सो घटनामा आधा दर्जन चिनियाँहरु पक्राउ परे । तर, सो घटनाका मुख्य अभियुक्त अझै पक्राउ परेका छैनन् ।

चाड पर्वको दिन पारेर नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिष्टम (नेप्स) मा आबद्ध सबै एटिएम मेशिनहरु बैंकको सिष्टमसँगको सम्बन्ध बिच्छेद गरियो र १८ वटा बैंकका सयौं एटिएम मेशिनबाट करोडौं रुपैयाँ झिकियो । सो काण्डमा बैंकहरुले करोडौं रुपैयाँ घाटा व्यहोरेका थिए ।

सो काण्डमा प्रहरीले छ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । घटनामा संलग्न आठ जना मध्ये दुई जना चिनियाँ नागरिक पक्राउ परेका थिएनन् । सो घटनामा बाहिरबाट देखिएको एक करोड ८९ लाख रुपैयाँ निकालिएको थियो । सबै सिष्टमको गेटवे ह्याक गरेर १८ वटा बैंकका एटिएम बुथबाट फ्रि बनाइदिएर जति रकम पनि निकाल्न मिल्ने बनाइएको थियो ।

सो घटनाको सम्बन्धमा नेप्सेले सिंगापुरस्थित भेरी जोन कम्पनीबाट फरेन्सिक टोली मगाएर अनुसन्धान गरिएको थियो । सो अनुसन्धान प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।
बीमापोष्टलाई प्राप्त सूचना अनुसार सो घटनामा नेप्सका दुई कर्मचारी र तत्कालिन प्रविण कुमार क्षेत्री मुख्य रुपमा जिम्मेवार थिए । नेप्सको सिष्टम कार्यरत (आईटी) का कर्मचारीले प्रयोग गर्ने कम्प्युटरमा नेप्सकै प्रशासन शाखामा कार्यरत एक कर्मचारीले एक मिनेट कम्प्युटर मागेर मालवयर इन्स्टल गरेका थिए । सो लगत्तै चिनियाँ ह्याकरले मालवयरको माध्यमबाट सिष्टमको पासवर्ड हात पार्न सफल भएका थिए । लगत्तै चिनियाँहरुले नेप्सेको सिष्टमलाई बाईपास गरी अथेन्टिेकशन र भेरिफाइड नै नगरी रकम भुक्तानीको व्यवस्था मिलाएका थिए ।

नेपालको बैंकिङ इतिहासकै सबैभन्दा ठूलो घोटाला काण्डको छानविन अपुरो नै रहेको छ । सो काण्डका मुख्य अभियुक्तहरु अझै खुलमखुल्ला हिडिरहेका छन् । सो काण्डमा नेपाल राष्ट्र बैंकका तत्कालिन निर्देशक र हालका डेपुटी गभर्नर बम बहादुर मिश्रले एटिएमको सिष्टम ह्याक करोडौं लुटिएको काण्डमा छानविनको निरन्तर फलो गर्न नसक्दा सो काण्ड झिसमिस हुने पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*