असार २७ र २८ गते लक्ष्मी बैंक र सनराइज बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा बन्द, यस्तो छ कारण

२६ असार २०८०, मंगलवार ०८:०९

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले यही असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कामर्जरपश्चात्रोबार सुरु हुनेछ।

गत जेठ ८ गते लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको थियो।

सम्झैताअनुसार ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन्। लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन्।

गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ।

दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृत भएको थियो।

यसैबीच दुवै बैंकद्वारा जारी सूचनामा मर्जरपछि संयुक्त कारोबारका लागि असार २७ र २८ गते दुवै बैंकको सम्पूर्ण शाखा कार्यालयहरु बन्द गरिने भएको छ। यो दुई दिनमा डाटा माइग्रेसनको कार्यले गर्दा बैंकका सम्पूर्ण प्रणालीहरु बन्द रहने हुँदा बैंकबाट प्रदान गरिँदै आएको सम्पूर्ण वित्तीय सेवाहरु ९क्रेडिट कार्डबाहेक० बन्द रहने दुवै बैंकले जनाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*