मानुषी लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी पासलाई समेत विशेष अवसर
२६ असार २०८०, मंगलवार १०:०९

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै तीन पदमा ११ जना कर्मचारी माग गरेको हो ।
संस्थाले सुपरभाईजर र सहायकमा तीन जनाका दरले र कनिष्ठ सहायक पदमा पाँच जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।
इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।