बैंकिंङ प्रणालीमा पैसा थुप्रिन थालेसँगै बैंकहरुलाई ब्याज घटाउनै पर्ने दबाब, साउनदेखि ब्याज घटाउने छलफलमा जुट्यो बैंकर्स संघ

२६ असार २०८०, मंगलवार १२:४०

काठमाडौंं । बैंकिंङ प्रणालीमा पैसा थुप्रन थालेसँगै बैंकहरुले ब्याज घटाउनै पर्ने दबाब बढेको छ। प्रणालीमा पैसा थुप्रिएकाले साउनदेखि लागू हुनेगरि ब्याज घटाउनुको कुनै विकल्प नै नरहेको नेपाल बैंकर्स संघले जनाएको छ। यस बिषयमा आगामी बैठकमा बैंकर्स संघले ठोस निर्णय लिने भएको छ।बैंक तथा वित्तीय संस्थामा निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। गत १८ गते ५६ खर्ब पुगेको निक्षेप ८ दिनमै १ खर्ब १६ अर्ब रूपैयाँ थपिएको हो। गत १८ गतेसम्म ५५ खर्ब ९९ अर्ब रहेको निक्षेप बढेर ५७ खर्ब १५ अर्ब पुगेको हो।

पछिल्लो समय निरन्तर बढ्न थालेसँगै बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप पुगेको हो। यता ऋण लगानी ४८ खर्ब ६१ अर्ब पुगेको छ। ८ दिनमा ऋण प्रवाह भने २ अर्बमात्रै भएको छ। सरकारी खर्च बढ्दै गएपछि वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको हो। निक्षेपको ट्रेण्डले साउनदेखि सबै प्रकारका ब्याज घटाउनै पर्ने दबाबमा वित्तीय क्षेत्र देखिएका छन्।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ कार्यान्वयनमा आएपछि ऋण तिर्न नै ऋण लिने परिपाटी अन्त्य भएसँगै निक्षेप थुप्रिएको अनुमान गरिएको छ।बैंकिंङ प्रणालीमा पैसा थुप्रिएपछि बैंकहरुले ब्याज घटाउने भएका छन्। प्रणालीमा पैसा थुप्रिएकाले साउनदेखि लागू हुनेगरि ब्याज घटाउनुको कुनै विकल्प नै नरहेको नेपाल बैंकर्स संघ, एनबिएले जनाएको छ।

कर्जाको माग कम भइ निक्षेप बढ्दै जाँदा कर्जा(निक्षेप अनुपात (सीडी रेसियो) ८२।०३ प्रतिशतमा आइपुगेको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा(निक्षेप अनुपातको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थामा ८ प्रतिशत ऋण दिन सक्ने क्षमता देखिन्छ। अन्तरबैंक ब्याजदर १।३६ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा बैंकवित्तहरू कर्जा असुलीमा सक्रिय छन्। असार मसान्त सकिन केही दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुलीमा सक्रियता बढाउँदा निक्षेप थुप्रिएको हो।चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप संकलनमा व्यापक सुधार हुँदा कर्जा परिचालनमा भने सुस्तता देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*