२० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

२६ असार २०८०, मंगलवार १३:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । १४ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।

आज मंगलबार मध्यान्ह ३ बजे बोलकबोल गरेर आजै रिभर्स रिपो जारी हुने राष्ट्र बैंकले जनाएको छ । आगामी साउन ९ गते सो रिभर्स रिपो परिपक्व हुने भएको छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*