बैंकहरुको ब्याजदर खुला छोड्ने संकेत, भद्र सहमती तोडिदै

२७ असार २०८०, बुधबार १८:२९

काठमाडौं ।  वाणिज्य बैंकहरुले लामो समयदेखि सहमतीको आधारमा खुल्ला गर्दै आएको ब्याजदरलाई साउनदेखि खुला छोड्ने भएको छ।बैंकर्स संघका सदस्यबीच ब्याजदर ‘कार्टेलिङ’ नगर्ने बारे छलफल भएको छ । तथापि, यस बारेमा बैंकर्स संघले निर्णय भने गरिसकेको छैन । ब्याजदरको विषयमा निर्णय गर्न बिहीबार संघको बैठक बस्दैछ ।‘

साउनबाट ब्याजदर खुला छोडिदिन छलफल भएको छ’ एक बैंकरले भने, ‘यस बारेमा अहिले नै निर्णय भने भएको छैन ।’ बैंकर्स संघले उक्त निर्णय गर्यो भने बैंकहरुले आफैं ब्याजदर निर्धारण गर्न सक्नेछन् । यता, अधिकांश बैंकहरुले साउन महिनाको लागि निक्षेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन् । बैंकमा लगानी योग्य पुँजी थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाउन लागेका हुन् ।

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्दै जान्छ ।‘बैंकमा लगानी योग्य पुँजी थुप्रिएको छ’ एक बैंकरले भने, ‘कर्जा लगानी भएको छैन । त्यसैले ब्याजदर घटाउनुको विकल्प छैन ।’ अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा धेरै लगानी योग्य रकम रहेको छ । अहिले बैंकहरुले मुद्दती निक्षेपमा ९।९९५ ब्याज दिइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०५ बिन्दुले मात्रै घटबढ गर्न सक्ने व्यवस्था गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*