समाज लघुवित्तको शेयर आईतबारदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

२८ असार २०८०, बिहीबार १६:२७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन वर्षपछि समाज लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेमा यो लघुवित्तको १०० रुपैयाँ अंकित दरका कुल २ लाख कित्ता सेयर सूचीकृत भईसकेको छ ।

नेप्सेले लघुवित्तलाई ‘एसएएमएजे’ कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६७।१४ रुपैयाँदेखि २०१।४२ रुपैयाँ कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले कम्पनीका अधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको असार ३१ गतेदेखि कारोबारमा आउनेगरी शेयर फुकुवा गरेको हो ।

संस्थाको असार २२ गतेको पत्र मार्फत नेप्सेले सूचीकरण विनियमावली, २०७५ को विनियम १६(४) अनुसार असार ३१ गतेदेखि कारोबारमा आउनेगरी शेयर फुकुवा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*