एफपीओ, प्रिमियम आईपीओ र मर्जमा करको विरोध गर्दै बैंकहरु अदालत जाने

२८ असार २०८०, बिहीबार १६:४१

काठमाडौं । सरकाको पछिल्लो नीतिगत निर्णयप्रति असन्तृष्टी जनाउदै बैंकहरु अदालत जाने भएका छन्।बैंकहरुले एफपीओको प्रिमियम र मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर र प्रिमियम मूल्यमा आइपिओ गर्ने सरकाको पछिल्लो नीतिगत निर्णयविरुद्ध संयुक्त मुद्दामा जाने निर्णय गरेको हो ।

वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले आज बसेको बैठकले एफपीओ र मर्जर तथा एक्विजिसनमा कर असुल्ने बजेटको व्यवस्थाका विषयमा छलफल भएको अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

यसअघि सरकारको निर्णयविरुद्ध नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, जीवन बिमक संघ, नेपाल बिमक संघ तथा बैंक तथा वित्तीय संस्था परिसंघलगायत विरोधमा उत्रिएका थिए।

सरकारको यो निर्णयविरुद्ध बैंकर्स संघको अगुवाइमा संयुक्त मुद्दामा जाने अडान वाणिज्य बैंकहरुको छाताल संगठनले अडान लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*