सामुदायिक लघुवित्तका पूर्व सिईओ कार्की र सञ्चालकले कति बुझे तलव भत्ता ?

२८ असार २०८०, बिहीबार १७:१४

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका पुर्व प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार कार्कीले आव २०७८।७९ मा तलव भत्ता वापत २२ लाख २० हजार ३१३ रुपैयाँ बुझेका छन् ।

संस्थाका सिईओ कार्कीले वार्षिक पारिश्रमिकबाट २० लाख २ हजार ३१३ रुपैयाँ, दशैं भत्ता वापत १ लाख १० हजार, कर्मचारी औषधीकोष बापत ५५ हजार रुपैयाँ र अन्य सुविधा वापत ५३ हजार रुपैयाँ बुझेका हुन् ।

साथै, संस्थाका संञ्चालक समितिका अध्यक्ष लगायत अन्य सञ्चालकहरुले आर्थिक वर्ष २०७८।७९ मा विभिन्न सञ्चालित बैठकबाट कुल ८ लाख ७ हजार रुपैयाँ बुझेका छन् ।

संस्थाले आर्थिक वर्ष २०७८।७९ को नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नन्द कुमार महर्जनको अध्यक्षतामा असार २२ गते काभ्रेपलाञ्चोकको धुलीखेल लज रिसोर्टमा सम्पन्न भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*