आठ कम्पनीको शेयर कारोबार रोक्का

२८ असार २०८०, बिहीबार २१:५६

काठमाडौं ।नेप्सेले आठ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । मर्जर तथा प्राप्ति प्रयोजनको लागि यी कम्पनीहरुको शेयर कारोबार रोक्का भएको हो ।

नेप्सेले लक्ष्मी बैंक, सनराईज बैंक, विजय लघुवित्त, नयाँ सारथी लघुवित्त, नेशनल माइक्रो फाइनान्स, समिट लघुवित्त, राष्ट उत्थान लघुवित्त वित्तीय संस्था र प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार शेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*