प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?

२९ असार २०८०, शुक्रबार १०:०८

काठमाडौं । प्रभु बैंक लिमिटेडले ५ लाख ७९ हजार ८३८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्छन् भने बाँकी १ लाख ६८ हजार ३९९ कित्तामा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

अन्य व्यक्ति तथा संस्थाका लागिसमेत बिक्रीमा राखिएको शेयरमा १५ दिनभित्र र संस्थापक शेयरधनीहरुका लागिमात्र बिक्रीमा राखिएको शेयरमा ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सकिनेछ ।

संस्थापक शेयरधनीहरुका लागिमात्र बिक्रीमा राखिएको सेयरमा संस्थापकबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*