बैंकर्स संघमा ब्याजदरको बिषयमा चकाचर्की, सिण्डिकेट हटाउँदा एनआईसी एशिया बैंकका सिईओ न्यौपानेलाई आपत्ति

२९ असार २०८०, शुक्रबार ११:१५

काठमाडौं । नेपाल बैंकर्स संघको बैठकमा हिजो सिईओहरुबीच विवाद उत्पन्न भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्सं संघको हिजोको बैठकले साउन १ गतेदेखि लागू हुने गरि ब्याजदर खुल्ला गर्ने सहमती राखेको छ।

विगत लामो समयदेखि आर्थिक अस्थिरताको कारण नेपाल बैंकर्स संघले नै भद्र सहमतिमार्फत ब्याजदर निर्धारण गर्दै आएको छ । यो सिण्डिकेट हिजाको संघको बैठकले तोडेको छ।

ब्याजदर खुल्ला गर्ने विषयमा छलफल गर्न बोलाइएको बैठकमा दुई दुई बैंकका सिईओबीच भनाभन नै चलेको थियो । सबै वाणिज्य बैंकहरुको सहमतीको बिषयमा एनआईसी एशिया बैंकका सिईओले असहमती जनाएको थियो । उनको बिषयमा भने कुनै वाणिज्य बैंकका सिईओको सहमत भने थिएन् । अन्तत उनले यो बिषयमा धेरै नै आलोचित कुरा गरिसकेपछि लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहबीच चर्काचर्की परेको बैठकमा सहभागी भएको थियो ।

उनको पक्षमा संघमा केही नउभिएपछि ब्याजदर खुल्ला गर्ने भए आफूले निक्षेपको ब्याजदर बढाउने ठाडो चेतावनी समेत दिएका थिए । उनको यो बिषयमा बारम्बार अडान लिएर बैठकमा भनिरहेपनि विवाद उत्पन्न भएको हो ।

उनले यो चेतावनीपश्चात् एनआईसी एशिया बैंकले अन्य बैंकभन्दा केही फरक निर्णय लिने पक्का देखिन्छ । यसमा उनको मात्रै एकलैटी निर्णय भने हुँदैन । बैंकको संचालकले नै उनलाई पाठ पठाएर संघमा बोल्न लगाएको भए आगामी दिनमा एनआईसी एशिया बैंकले गर्ने निर्णयले सपष्ट नै हुन्छ ।

यसै त केही दिनअघि मात्रै अर्थमन्त्रीले एक सार्वजनिक कार्यक्रममा बैंकर्स र उद्योगी एउटै व्यक्ति नेपालमा बाहेक अन्य देशमा नहुने बताएका थिए । आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने प्रवित्ति बढ्दै गएको हुँदा यस बिषयमा नियमनमा बाध्नु जरुरी रहेको बिषयको चर्चा गरेका थिए ।केही दिनअघि सोही विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक मञ्चबाटै आलोचना गरेपछि बैंकरहरुलाई ब्याजदर निर्धारणको नीति पुनर्विचार गर्न दबाब परेको थियो ।

त्यस्तै, गत हप्ता मात्रै गृहमन्त्री नारयणकाजी श्रेष्ठले बैंकका सिईओहरुलाई बोलाएर ब्याजदरको सिण्डिकेट तोडन् समेत आग्रह गरेका थिए । यसको दबाब समेत बैंकहरुलाई थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*