मर्जरपछि यस्तो बन्यो लक्ष्मी सनराईज बैंकको संचालक समिति, को-को चयन भए ?

२९ असार २०८०, शुक्रबार ११:२०

लक्ष्मी बैंक र सनराईज बैंकको एकिकृत कारोबार आजदेखि शुभारम्भ भएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनेको छ।

लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष चयन हुने छन् । यस्तै, सञ्चालकहरु डा।मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडसहित इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*