लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार शुभारम्भ, कति पुग्यो चुक्ता पूँजी ?

२९ असार २०८०, शुक्रबार ११:३७

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन् । बैंकहरुले आज (असार २९ गते) देखि एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

दुबै बैंकहरुले आजदेखि एकआपसमा गाभिएर ‘लक्ष्मी सनराइज बैंक’ को नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । दुबै बैंकबीच १ः१ अनुपातमा मर्जरमा जाने सहमति भएको छ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । यी दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेका थिए ।

नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने वाणिज्य बैंकलाई सुविधा तथा छुट प्रदान जनाएको छ ।लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको चुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ ।

मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनेको छ। लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष चयन हुने छन् ।

यस्तै, सञ्चालकहरु डा।मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडसहित इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन्

दुबै बैंकहरुले एकीकृत कारोबार थालनी गरेसँगै देशभरी २८४ शाखा कार्यालय र ३ हजार भन्दा बढी बैंक कर्मचारी मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*