असारको चटारोको कारण लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबारको औपचारिक शुभारम्भ साउनमा हुने, बैठकमा मोतीलाल दुगड अनुपस्थित

२९ असार २०८०, शुक्रबार १३:०३

काठमाडौं । लक्ष्मी सनराइज बैंकको आजदेखि एकिकृत कारोबार शुभारम्भ भएको छ। कम्पनीले आज औपचारिक कार्यक्रम सुरु नगरि एकिकृत कारोबार शुभारम्भ गरेको छ।असारको अन्तिममा कामको चटारो परेको कारण बैंकले औपचारिक रुपमा कार्यक्रम नगरि एकिकृत कारोबार शुभारम्भ गरेको लक्ष्मी सनराइज बैंक अध्यक्ष रमण नेपालले बीमापोष्टलाई जानकारी गराएका छन् ।

असारको अन्तिमको हतारलाई मध्यनजर गर्दै साउनको पहिलो सातामा औपचारिक कार्यक्रम राखिने उनले बताए । आज बैंकका संचालक बीच भएको सामान्य कार्यक्रममा मोतीलाल दुगड कार्यक्रममा अनुपस्थित भएका छन् ।मर्जरको सम्झौता लामो समयदेखि बैंकभित्र नै उनको लफडा परिहरेको थियो । एकलैटी शासन गर्न रुचाउने भएसँगै उनी संचालक समिति भित्रै विवाद समेत बनेको थियो ।

न्तत राष्ट्र बैंकले समेत ऋण र अन्य प्रायोजनको कारण अघिल्लो साता पठाएको पत्र अस्विकृत गरेसँगै उनी रष्ट बनेका थिए । जसको कारण उनी आज कार्यक्रममा उपस्थित भएका थिएनन् ।

लक्ष्मी र सनराइज बैंक मर्ज भई एकीकृत कारोबार पश्चात् बनेको लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन भएका हुन् मर्जरपश्चात् बन्ने सञ्चालक समितिमा साविक सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड सिफारिस भएका थिए ।

कर्जा चुक्ता गरेपछि मात्रै दुगड बैंकको सञ्चालक समितिको बैठकमा उपस्थित हुन पाउने छन् ।हाललाई दुगडको सञ्चालक पद रिक्त राखिएको छ । उनले कर्जा चुक्ता गरेपछि मात्रै सञ्चालक समितिको बैठकमा उपस्थित हुन पाउने छन् ।

साथै, लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजय बहादुर शाहलाई नियुक्त भएका छन् । शाहलाई शुक्रबार बसेको पहिलो बैठकले सीईओमा नियुक्त गरेको अध्यक्ष नेपालले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*