अभियान लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, सम्पुर्ण प्रस्ताव पारित

२९ असार २०८०, शुक्रबार १४:१३

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सभा असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित र सर्वसाधारण शेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकको पनि निर्वाचन गरेको छ ।

सभाले अन्य लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

नियमनकारी निकायबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्धपत्र र नियमावलीमा कुनै विषयमा संशोधन एवं पविर्तन गर्न निर्देशन भएमा सोसमेत मिलाई संशोधन एवं परिवर्तन गर्नेलगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

संस्थाले साधारणसभा प्रयोजनार्थ असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*