साताको अन्तिम दिन शेयर बजार घटेपनि बैंकिङ्ग क्षेत्रमा उत्साहप्रद मूल्य बृद्धि, एभरेष्ट, एनआईसी एशिया र नबिलको शेयरमूल्य सबैभन्दा उच्च

२९ असार २०८०, शुक्रबार १७:२९

काठमाडौं । साता कारोबारको अन्तिम दिन अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १२.६२ अंकले घटेतापनि बैंकिङ्ग उपसूचक चाँही उच्च अंकले बढेको छ । बिहीबार शेयर बजारमा बैंकिङ्ग उपसूपचक ०.३१ प्रतिशत अर्थात ३.७८ अंकले बढेर १२१८.५५ को बिन्दुमा कायम भएको छ ।

साता कारोबार शेयर बजारमा बैंकिङ्ग उपसूचक सर्बाधिक बढेसँगै कारोबारमा आएका २० वाणिज्य बैंकमध्ये १४ बैंकहरुको शेयरमूल्य बढेको छ र ६ बैंकहरुको मात्र शेयरमूल्य घटेको छ ।

वाणिज्य बैंकहरुमध्ये यो साता कारोबारको अन्तिम दिनसम्ममा एभरेष्ट बैंक, सनराईज बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, एनआईसी एशीया बैंक लगायत अन्य बैंकहरुको शेयरमूल्य बढेको छ । यसका साथै, बैंकिङ्ग उपसूचक सर्वाधिक बढेतापनि कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक लगायतका बैंकको शेयरमूल्य घटेको छ ।

नेपालमा हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये यो साताको कारोबारमा एभरेष्ट बैंकको शेयरमूल्य सर्वाधिक रहेको छ । बैंकको शेयर कारोबार ८५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

दोस्रो नम्बरमा एनआईसी एशीया बैंक रहेको छ । यो साता कारोबारको अन्तिम समयमा बैंकको शेयर ७८१ रुपैयाँमा खरिद बिक्री भएको छ । तेस्रो नम्बरमा नविल बैंकको शेयरमूल्य बढी रहेको छ । बैंकले यो साताको अन्तिम कारोबारमा ५९० रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यसका साथै, यो साता कारोबारको अन्तिम दिनसम्मा वाणिज्य बैंकहरु मध्ये स्ट्याण्डर्ड चार्टेट बैंकको ५२९ रुपैयाँ, नेपाल एअबिआई बैंकको ३४२ रुपैयाँ, सानिमा बैंकको २५४ रुपैयाँ, नेपाल बैंकको २४५ रुपैयाँ, सिद्धार्थ बैंकको २४४ रुपैयाँ र सरकारी स्वामित्वको कृषि विकास बैंकको २२८ रुपैयाँका शेयर कारोबार भएको छ ।

यस साताको अन्तिम शेयर कारोबारमा कुमारी बैंकको सबैभन्दा कम रहेको छ । कुमारी बैंक र प्रभु बैंकको शेयर कारोबार १६० रुपैयाँमा भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*