खुल्ला ब्याजदर नीति लागू भएसँगै बैंकर संघका अध्यक्ष आफैले बढाए सबैभन्दा धेरै ब्याज, कुनमा कतिले बढ्यो ?

३१ असार २०८०, आईतवार ११:०९

काठमाडौं । खुल्ला ब्याजदर नीति लागू भएसँगै बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका सिईओ सुनिल केसीले बैंकमार्फत नै धेरै ब्याज दर बढाउन सुरु गरेका छन् । ब्याजदर प्रतिस्पर्धी बनाएर घटाउन सिण्डिकेट तोडेको बैंकरहरुले उल्टै ब्याजदर बढाएर सरकारलाई अप्ठेरोमा पार्न खोजेका छन् ।

एनएमबी बैंकले १० वर्ष र त्योभन्दा माथिको मुद्दति निक्षेपमा भारी ब्याजदर बढाएका हुन् । यसअघि ९।९९ प्रतिशत रहेको ब्याजदर ०।९९ प्रतिशत बिन्दुले बढाएर एनएमबी बैंकले १०।९८ प्रतिशत पुर्‍याएको छ । एनएनबी बैंकले ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दति निक्षेपमा भने ब्याज ९ प्रतिशतमा झारेको छ । त्यस्तै ६ देखि ९ महिनाकोमा ९।१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९।२५ प्रतिशत बनाइएको छ ।

त्यसैगरी १ देखि २ वर्षको ९।५ प्रतिशत र २ देखि १० वर्षको मुद्दति निक्षेपमा ९।७५ प्रतिशत ब्याज प्रदान गरिने बैंकद्वारा जारी नयाँ ब्याजदरमा उल्लेख छ । बैंकले साधारण बचतका विभिन्न खातामा ५।९८ देखि ७।९७ प्रतिशत ब्याज तोकिएको जनाएको छ ।

रेमिट्यान्ससम्बन्धी एनएमबी जन्मभूमि बचत खातामा बैंकले ८।९८ प्रतिशत ब्याज दिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*