नेप्सेमा किसान लघुवित्तको ३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत

३१ असार २०८०, आईतवार १३:१६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । आईतबार नेप्सेमा किसान लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*