प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
३१ असार २०८०, आईतवार १३:३३

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सचिव कार्यालयमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।