एसबिआईका ग्राहकलाई भारतको जेपी हस्पिटलमा छूट

३१ असार २०८०, आईतवार १३:४१

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र जेपी हस्पिटल नोयडा, भारतबीच एक सहमति भएको छ । जसअनुसार बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले भारतको जेपी हस्पिटलमा बिशेष छूट पाउने भएका छन् ।

सम्झौताअनुरुप ग्राहकले उक्त हस्पिटलको ओपीडी सेवा, आईपीडी सेवा तथा सम्पुर्ण स्वास्थ्य परिक्षणमा छूट पाउने भएका छन् । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र जेपी हस्पिटलका प्रतिनिधि अभिषेक स्वारले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त तथा अन्य वरिष्ठ अधिकारीको समेत उपस्थिति थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*