नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

३१ असार २०८०, आईतवार १४:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्काशनको लागि नेपाल एसबिआई बैंकलाई अनुमति प्रदान गरेको छ ।

बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति प्रदान गरेको हो । बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र निष्काशन गर्ने भएको छ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक तबरबाट निष्काशन गरिने भएको छ ।

नेपाल एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*