मुक्तिनाथ विकास बैंकको शेयर लिलामी भर्ने आज अन्तिम दिन

१ श्रावण २०८०, सोमबार ११:२५

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ लाख १९ हजार ५५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (साउन १ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १९० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट्स, नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*