आशा लघुवित्तको नयाँ सञ्चालक समिति गठन, को–को छन् ?

१ श्रावण २०८०, सोमबार ११:५५

काठमाडौं । आशा र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जपछि बनेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको नियुक्ती गरिएको छ ।

उक्त कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले विमल डंगोल, प्रदीप कुमार तिमिलसिना र विजय कुमार क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको छ भने जया लोहनीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

त्यस्तै कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाललाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*