तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१ श्रावण २०८०, सोमबार १५:१९

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ लाई शेयर बजारले हरियालीका साथ स्वागत गरेको छ । आज शेयर बजारमा हरियाली छाएसँगै शेयर बजार ४७.७ अंकले बढेर २१४४ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज तीन कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेकोे छ । आज बिपिडब्लु लघुवित्त, युनाईटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सिर्जनशील लघुवित्त, मल्टीप्रपोज फाइनान्स लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।