स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण, अन्य कुनको कति भयो कारोबार ?

२ श्रावण २०८०, मंगलवार १५:०४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार झिनो अंकले बढेसँगै स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । स्वावलम्बन लघुवित्तको ८७५ रुपैयाँका दरले २१ करोड ७७ लाख रुपैयाँ र शिवम् सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स लगायत अन्य कम्पनीहरुको शेयर कारोबार सर्वाधिक भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*