छिमेक लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी उत्तिर्णलाई समेत अवसर

३ श्रावण २०८०, बुधबार ११:१४

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिता मार्फत कर्मचारी दरखास्त आह्वान गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न ६ पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक ईकाई प्रबन्धक, कनिष्ठ अधिकृत र बरिष्ठ अधिकृत पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा योग्यता पुगेका नेपाली नागरिकले साउन १९ गतेभित्र संस्थाले तोकेको ठेगानामा पुग्ने गरी दरखास्त पेश गर्न सकिने संस्थाले जनाएको छ ।

फारामका साथ आफ्नो बायोडाटा, पासर्पोट साइजको ३ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, तालिम तथा अनुभवहरुको प्रमाणपत्रको प्रतिलिपिका साथ आफ्नो सम्पर्र्क नम्बर उल्लेख गरी पेश गर्नुपर्ने संस्थाले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*