महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयबाट आर्थि वर्ष २०७९–८० मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमलाई सहयोग सहयोग गरेको बैंकले जनाएको छ ।
यस्ता छन् सहयोग कार्यक्रमहरु
हाकिमचोक शाखाद्वारा गैडाकोट नगरपालिका वडा नं. ३ मा अवस्थित भुजेल गाँउका अति विपन्न घरधुरीका लागि निर्मित ३५ वटा शौचालयको रङरोगन एवं सन्देशमूलक स्वास्थ्य तथा सरसफाइसम्बन्धी सन्देश लेखाइका लागि रोटरी क्लब अफ गैँडाकोटलाई रु. २ लाख ५० हजारबराबरको आर्थिक सहयोग प्रदान गरिएको छ।
साँफे शाखाद्वारा बान्नीगढी जयगढ गाउँपालिका वडा नं. १ गाँज्रामा अवस्थित श्री राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पर्खाल तथा खेल मैदान निर्माण र प्रभावकारी कक्षा सञ्चालनका लागि रु. १ लाख ५० हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ।
विराटनगर शाखाद्वारा विराटनगर नगरपालिका वडा नं. ८ मा अवस्थित विराटेश्वर वृद्घाश्रम सेवा समितिलाई सभाहल निर्माणका लागि रु. ५०हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ।
बाँसगढी शाखाद्वारा बाँसगढी नगरपालिका वडा नं. ५ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।
चैनपुर शाखाद्वारा जयपृथ्वी नगरपालिका वडा नं. ११ दैकुमालामा अवस्थित श्री नीलकट्टी माध्यमिक विद्यालयलाई तीस थान कुर्सी प्रदान गरिएको छ।
भैरहवा शाखाद्वारा सिद्घार्थनगर नगरपलिका वडा नं. २ मेउडिहवामा अवस्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा साइकल पार्किङस्थल निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ।
लाहान शाखाद्वारा लाहान नगरपालिका वडा नं. १४ बस्तीपुरमा अवस्थित श्री आधारभूत विद्यालय बस्तीपुरमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।
कोटेश्वर शाखाद्वारा प्रहरी प्रभाग कोटेश्वरलाई काठमाण्डौ महानगरपालिका वडा नं. ३२ कोटेश्वरको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा खटिने प्रहरीलाई शुद्घ पानीको व्यवस्थापन लागी वाटर फिल्टर र बाह्र थान कुर्सी हस्तान्तरण गरेको छ।
धनगढी शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, कैलालीलाई धनगढीको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण गर्न जडान गरिएका सि.सि.क्यामराहरु बिग्रिएकाले उक्त क्यामराहरुको मर्मत कार्य लागि आर्थिक सहयोग प्रदान गरिएको छ।
मैतीदेवी शाखाद्वारा सिर्जनशील अपांग आवाज नेपालमा बस्ने १२ जना अपांगता भएका महिलाहरुको दैनिक आवश्यकताहरु पुरा गर्नका लागि उक्त संस्थालाई रु. २५हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ।
चिप्लेढुंगा शाखाद्वारा पोखरा महानगरपालिका वडा नं. ४ मा अवस्थित श्री नविन माध्यमिक विद्यालयलाई ५ थान वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ।
भक्तपुर शाखाद्वारा चाँगुनारायण नगरपालिका वडा नं. २ झाँखेल भक्तपुरमा अवस्थित श्री आजाद माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।
खुरखुरे शाखाद्वारा राप्ती नगरपालिका वडा नं. ७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयलाई विद्यालयको पुस्तकालय प्रायोजनार्थ एक थान कम्पुटर तथा प्रिन्टर प्रदान गरिएको छ।
दमक शाखाद्वारा कलम गाँउपालिका वडा नं. ७ झर्काहा झापामा अवस्थित श्री अरनिको प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ।