सांग्रिला बैंकद्वारा ट्राफिक प्रहरीलाई ज्याकेट सहयोग

३ श्रावण २०८०, बुधबार १७:४५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत साउन ३ गते मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको छ ।

बैंकले विभिन्न सामाजिक सेवासम्वन्धि कार्य गर्दै आएकोमा त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्तदुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले ट्राफिक प्रहरी वृतलाई ज्याकेट प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरी प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले ज्याकेट हस्तान्तरण गरेका थिए ।

उक्त सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै बैंकलाई ट्राफिक प्रहरी वृत , माली गाँउका प्रहरी निरीक्षक सागर घलेले धन्यवाद ज्ञापन समेत गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*