हकप्रद निष्काशनको लागि मल्टीपर्पस फाइनान्सको बुक क्लोजको मिति तय

३ श्रावण २०८०, बुधबार १९:२७

काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशनको लागि १२ गते बुक क्लोज गर्ने भएको छ।

कम्पनीको हकप्रदमा साउन ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*