ऋण बृद्दिको तुलनामा आर्थिक बृद्दि भएनः स्वर्णिम वाग्ले
४ श्रावण २०८०, बिहीबार १३:१०

काठमाडौं । रास्वपाका सांसद स्वणिर्म वाग्लेले ऋण बृद्दिको तुलनामा आर्थिक बृद्दि नभएको बताएका छन्।
अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा रास्वपाका सांसद स्वणिर्म वाग्ले ऋण बृद्दिको तुलनामा आर्थिक बृद्दि नभएको बताएका हुन् ।
साथै उनले छलफलमा प्राइभेट फाइनान्स उत्पादनमा केन्द्रित भएर अन्य क्षेत्रमा केही कसिलो हुनुपर्ने भन्दै उनले त्यसले राजस्वमा भने दबाब पार्न नहुने बताए । उनले विगतका पोलिसीले ल्याएका प्रभावको विषयमा पनि नेपाल राष्ट्र बैंकले बताउनु पर्ने बताए ।
मौद्रिक नीति प्राविधक हो भन्नु भन्दा पनि यसबारे आम नागरिकलाई बुझाउनु जरूरी रहेको उनको भनाइ छ । प्राइभेट फाइनान्समा जनताको अवस्था सहज नभएको भन्दै उनले निजी क्षेत्रको कर्जा जीडीपी बराबर रहेको बताए ।