बैंकहरुबाट कर्जा लिने र तिर्ने रेट फरक भयो, निगरानी राखौं : सांसद ज्ञानेन्द्रबहादुर शाही

४ श्रावण २०८०, बिहीबार १३:२९

काठमाडौं।राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले कृषि कर्जाको बिषयमा अर्थ समितिमा मौद्रिक नीतिका विषय उठाएका छन् ।अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा उनले कुन बैंकले कति कृषि कर्जा दिएका छन् त्यो खोज्न आवश्यक रहेको बताए । बैंकहरुबाट कर्जा लिनेले भन्दा एउटा रेटमा भन्ने र तिर्ने बेला ब्याजदर ह्वात्तै बढाउने गरेको उनको भनाइ छ ।

उनले ६.९९ प्रतिशतमा लिएको कर्जा १४ प्रतिशतसम्म पुगेको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराए । व्यापार व्यवसाय नभएर मान्छेले हात्महत्या, आत्मदाह गरिरहेका बेला नेपालमा कसरी बैंकले नाफा कमाएका छन् भन्दै उनले प्रश्न गरे ।

बैंकबाट कर्जा लिन ४ किलो सुन र सडक छेउको जग्गा धितो राख्नुपर्ने बाध्यता रहेको शाहीले बताए । उनले जनतालाई राष्ट्र बैंकको तथ्यांकभन्दा पनि कर्जा चाहिएको तर्क गरे । सांसद शाहीले सहकारीपीडित माइतीघरमा रहेको भन्दै सहकारीका बचतकर्ता ठग्नेलाई समाउन आग्रह गरे ।

नेपालमा रैथाने नेपालीको बैंक नभएको तर पछि नागरिकता लिनेको मात्रै बैंक रहेको उनले बताए । न्युरोडमा घर हुने, बानेश्वरमा घर हुनेले मात्रै लोन पाउने अवस्था कहिलेसम्म रहन्छ भन्दै उनले प्रश्न गरे ।

उनले सरकारले फिक्स्ड डिपोजिटमा पैसा राखेर ब्याज खाएको भन्दै आलोचना समेत गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*