शाखा कार्यालय संचालनको लागि कार्यालय भवन खोज्दै नबिल बैंक
४ श्रावण २०८०, बिहीबार १४:०१

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनका भवन भाडामा लिने भएको छ ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै पोखरा, सुनसरी, तेह्रथुम र दैलेख जिल्लाको व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चालनका लागि भवन आवश्यकता रहेको जनाएको छ । बैंकले भुई ताला वा पहिलो ताला भएको भवनलाई भाडामा लिने तथा प्राथमिकता दिन भएको छ ।
बैंकको शर्त बमोजिमको भवन भाडामा उपलब्ध गराउन इच्छुक घरधनीले साउन १८ गतेभित्र शिलबन्दी प्रस्ताव पेश गर्न सक्ने बैंकले जनाएको छ ।