सांग्रिला डेलभपमेन्ट बैंकको करिब ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

५ श्रावण २०८०, शुक्रबार १०:४१

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख ९४ हजार ६७४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयपछि संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*