एनआईसी एशिया बैंकले यी चल अचल सम्पत्ति लिलामी मार्फत बिक्री गर्दै

५ श्रावण २०८०, शुक्रबार १२:४१

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चलअचल सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै चलअचल सम्पत्ति लिलामी प्रक्रिया मार्फत बिक्री गर्ने जानकारी दिएको हो ।

बैंकबाट कर्जा लिई त्यसबापतको बैंकलाई बुझाउनुपर्ने साँवा रकम आदि नतिरेको र बैंकले बारम्बार लिखित तथा मौखिक रुपमा ताकेता गर्दा समेत कर्जा चुक्तामा ध्यान नदिएपछि कर्जा असुल उपर गर्न बैंकले धितोमा रहेको सो सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो ।

उक्त सम्पत्ति लिन इच्छुक जो कोहीले आजको सात दिनभित्र बोलपत्र फाराम भरी बैंकको केन्द्रिय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्वर काठमाडौंमा आवेदन पेश गर्न सकिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*