सरकारको बचत खाता रित्तै, यस बर्ष एक रुपैयाँ पनि बचाउन सकेन

५ श्रावण २०८०, शुक्रबार १२:४४

काठमाडौं। सरकारले अघिल्लो आर्थिक वर्षबाट एक रुपैयाँ पनि बचाउन सकेन । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७९–८० को नगद मौज्दातमा सरकार निल हुन पुगेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तबाट सरकारले ११ अर्ब ४६ करोड २३ लाख ४२ हजार ४१० रुपैयाँ सप्र्लश मौज्दात राखेको थियो । तर, पछिल्लो वर्ष राजस्वको स्रोत खुम्चिन पुग्दा सरकारको बजेट घाटामा गएको छ । जसले गर्दा सरकारी खाता रित्तिन पुगेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।

यद्यपि, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा हाल सरकारी बचत ६० अर्ब रुपैयाँ रहेको छ । यो स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारको समेत पैसा हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*