२६औं वार्षिकोत्सव मनाउदै एनआइसी एशिया बैंक, नयाँ उचाइ र आयाम सहितको बैंक बन्ने अठोट

५ श्रावण २०८०, शुक्रबार १३:२५

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २६औं वाषिकोत्सव मनाउदै छ ।

बैंकले २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरू भएको आफ्नो आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै आफ २६औं वार्षिकोत्सव मनाउन गईरहेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनी,कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अभार ब्यक्त गरेको छ ।

बैंकले नेपालको वित्तीय क्षेत्रमा आज आफ जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय आम ग्राहकलाई दिएको छ । साथै बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट ब्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*